images
images

तराईका जनताको लागि हुलाकी राजमार्गको सुरुवात : ओली

कपिलवस्तु : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईको तल्लो भागमा यातायातको समस्यालाई ध्यान दिएर हुलाकी राजमार्गको सुरुवात गरेको बताएका छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शैयाको अस्पताल बुधबार उद्घाटन गर्दै ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भएकोले सबैभन्दा पहिला सडक निर्माण गरिएको बताए।

“आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिकहरू कसरी आउँथे? ओलीले भने,“अस्पतालले अब यहाँका जनताले सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध पाउनेछन्।”

पूर्वप्रधानमन्त्री ओलीले कपिलवस्तुमा सिँचाइको समस्या रहेको जनाए। २०६३ सालमा आफू पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तु सिँचाइको लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको ओलीको भनाइ छ। नौमुरे योजनाले निरन्तरता नभएको अब यो योजनालाई निरन्तरता हुने जोड दिए।

कृषिको आधुनिकीकरण प्रविधिको प्रयोग गरी व्यावसायिक तवरमा कृषिलाई अघि बढाउनुपर्ने उनको भनाइ छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले सोचेअनुरूप सञ्चालन हुन नसकेकोले आगामी दिनमा पर्यटनलाई जोड दिँदै विमानस्थलको प्रयोग गरिने बताए।

देशभरका ३९६ वटा अस्पताल एकैपटक शिलान्यास गरेको र आज तयार भएर उद्घाटन गर्न पाउँदा खुसी लागेको ओलीको भनाइ छ।