images
images

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, वैशाख २७ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा शुक्रवारबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीले संसद्मा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ । साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुनेछ ।