रविलाई पार्टी सभापतिको रूपमा बोल्न दिन शीर्ष नेताको प्रस्तावमा सांसदहरूको अस्वीकार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन प्रस्ताव गरेका छन् ।

आज बसेको संसदीय दलको बैठकमा शिर्ष नेताहरूले गृहमन्त्री लामिछानेलाई बोल्न दिने प्रस्ताव राखेको हुन् ।

उनीहरूले बोल्न दिए पनि उपप्रधान एवम् गृहमन्त्रीका रूपमा नभइ राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिका रूपमा मात्रै बोल्न दिन सुझाव दिएका छन् ।

तर, अधिकांश सांसदले नमानेका कारण संसदीय समिति नबनेसम्म संसद बैठक अवररूद्व गर्ने निर्णय भएको एक नेताले बताए ।