प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जानुपर्छ : पम्फा भुसाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताएकी छन्। बिहीबार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

उनले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक देखिएको बताइन्। उनले प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधि नै अहिलेको आवश्यकता रहेको बताइन्।

उनले राजनीतिक स्थिरता कायम भए मात्रै विकास निर्माण अघि बढाउन सकिने बतायन्। उनले राजनीतिक झैँ अहिले आर्थिक रुपमा पनि नेपालमा चुनौती बनेको बताइन्। उनले सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम गरिरहेको बताइन्।

उनले भनिन्, ‘म पहिला प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नेमा एकदमै सहमत हो। तर मैले पछिल्ला राजनीतिक घटनाक्रम र अन्तर्राष्ट्रिय स्तरमा भइरहको घटनाहरु हेर्दा को आउने हो? के हुने हो भन्दा, कता जाने हो भन्ने प्रश्न त हुन्छ । तर जनताले जसलाई समर्थन गर्दछन्, जसले जनमत पाउँछ उसले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नुपर्छ।’

उपाध्यक्ष भुसालले राजनीतिक स्थायित्व दिने र अहिलेको परिवर्तनलाई बलियो बनाउने गरी अघि बढ्न जरुरी रहेको बताइन्। उनले अहिले नयाँ सहमतिमा अघि बढ्ने आवश्यकता रहेको बताइन्।

उनले राजनीतिक अस्थिरता पैदा भएको र यसलाई स्थायित्वका लागि अघि बढाउन जरुरी रहेको बताइन्।