नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छः पूर्वसभामुख ढुंगाना

काठमाडौं :पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताएका छन्।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको संविधान बचाउन नै चुनौती रहेको बताए। उनले अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताए।

उनले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उनले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गरे। उनले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताए। उनले कम्युनिष्ट सरकारले श्रमिक, मजदुरको हितमा काम नगरेको जिकिर गरे। उनले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गरे।
पूर्वसभामुख ढुंगानाले अहिलेका तीन मुख्य दलहरू संविधानको रिभ्यु गर्न सामथ्र्य राख्ने नभएको जिकिर गरे। अहिलेको संविधानको विरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताए।

वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताए। उनले वर्तमान संविधान माओवादीहरूसँग तत्कालीन मुख्य पार्टीहरू एमाले र काँग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताए। अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर गरे।