काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै हुन्डाइको गाडी एसेम्बल सुरू गरेको छ ।
नवलपरासीको परासीस्थित हुन्डाइको एसेम्बलिङ प्लान्टको आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र हुन्डाई मोटर इन्डिया, लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
प्लान्ट उद्घाटनसँगै लक्ष्मी ग्रुपले हुन्डाइको ‘भेन्यु’ मोडेलको कार सार्वजनिक गरेको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ मा १० बिघामा एसेम्ब्लिङ प्लान्ट बनाइएको छ ।
नयाँ प्लान्टमा उत्पादन भएको भेन्यू सब फोर मिटर एसयूभीको मूल्यबारे भोलि जानकारी दिइने बताइएको छ ।