काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमका सरोकारवालासँग सुझाव माग गरेको जनाएको छ ।
बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम बनाउने गरेको छ । आगामी आवमा पनि बोर्डले नीति तथा कार्यक्रम बनाउने भएको छ । त्यसका लागि सुझाव माग गरेको छ ।
बोर्डले सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि रचनात्मक सुझाव जेठ १५ गतेसम्ममा पठाउन भनेको छ ।