images
images

भाडामा रहेको वैदेशिक रोजगार बिभाग सर्‍यो ताहाचलमा

काठमाडौँ । वैदेशिक रोजगार विभाग आजदेखि सरेको छ । बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार सङ्घको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आजदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो ।

विभागका अनुसार आजदेखि आंशिक रूपमा र असार १ गतेदेखि पूर्ण रूपमा सर्ने छ । पूर्ण रूपमा नसर्दासम्म कार्यालयले दुवै ठाउँबाट सेवा प्रदान गर्दै आएको छ ।

सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सरेको हो ।