images
images
images

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दै

काठमाडौं- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक आइतबार बस्ने भएकाे छ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ।

स्थायी कमिटीको बैठक शनिबारदेखि जारी छ। बैठकमा नेताहरूले बोल्ने क्रम अझै बाँकी रहेकाले आज पनि बैठ बस्न लागेको हो।

आज साँझ पोलिटब्युरो बैठक बस्नेछ। बैठकमा केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने बताइएको छ।