मधेस सरकारबाट बाहिरियो माओवादी केन्द्र, समर्थन पनि फिर्ता

जनकपुर- नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। दुई जना मन्त्रीले राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्।

माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई ९समीर० ले राजीनामा पत्र बुझाएका हुन्। उनीहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन्।

माओवादी संसदीय दलका नेता एवं बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा सामेल भएको थियो।

माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएलगत्तै माओवादी केन्द्रले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र पठाएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहले प्रदेश प्रमुखको नाममा पत्र लेख्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।

माओवादी केन्द्रले नेपालको संविधानको धारा १६८ अनुसार दिएको समर्थन आजैका मितिदेखि फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयको नाममा लेखेको पत्रमा उल्लेख छ।