images
images
images

श्रमिकलाई सरकार छ भन्ने प्रत्याभुत दिलाउने अभियान चलाउँछौ ;श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय ठगी नियन्त्रणमा निकै गम्भीर रहेको बताएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले  हाल १५ देखि २० हजारको हाराहारीमा ठगीका उजुरी परेको भन्दै उनले ठगी नियन्त्रणको लागि मन्त्रालय गम्भीर भएर लागेको बताए ।  वैदेशिक रोजगारीमा जाँदा अनेक बाहानामा ठगी नरोकिनु हाम्रो देशका लागि विडम्बना हो’ श्रम मन्त्री  भण्डारीले भने ‘डाटा हेर्ने हो भनेपनि २० हजारभन्दा बढी ठगीकै उजुरी रोजगार विभागमा दर्ता भएका छन्, अब त्यस्ता ठगलाई हामी छोड्दैनौ, श्रमिकलाई सरकार छ भन्ने प्रत्याभुत दिलाउन कारबाहीको अभियान चलाउँछौ ।’

यस्तै स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबै खालका समस्या समाधान गर्न खोजिएको उनले बताए । सेवा शुल्कको विषयमा समस्या रहेको भन्दै यसको समाधान गर्नुपर्नेमा उनले जोड दिए।

‘सरकारले १० हजार मात्र लिन पाउने भनेको छ । तर लाखौँ रुपैयाँ तिरेर श्रमिक गइरहेको यथार्थ हो। यो समस्या छ भन्ने थाहा छ। यसको समाधान त गर्नपर्छ’, मन्त्री भण्डारीले भने।  श्रम बजारमा नेपाली श्रमिकको सहज पुहँच पुग्ने गरी मन्त्रालयले प्रकृया अघि बढाएको समेत उनले जानकारी गराए ।

साथै ‘अब श्रमिकलाई माछा दिने होइन, माछा मार्न बल्छी दिने हो, माछा मार्ने सिप सिकाउने हो, पकाएर खान सिकाउने हो’ मन्त्री भण्डारीले भने ‘काम र सीप सिकेपछि कहाँ काम गर्ने उहाँहरुको च्वाइसको कुरा ।’

विदेशमा कागजात नमिलेर अलपत्र रहेका नेपालीहरुलाई कागजात मिलाएर स्वदेश फिर्ता गर्न मन्त्रालयले प्रकृया अघि बढाएको समेत उनले बताए ।