मधेस सरकारबाट एमाले पनि बाहिरिने, मुख्यमन्त्री यादव अल्पमतमा

काठमाडौं । नेकपा  (माओवादी केन्द्र) सरकारबाट बाहिरिएसँगै नेकपा (एमाले)ले पनि मधेस सरकार छाड्ने भएको छ । आजै एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले केही बेरमै एमालेका मन्त्री समेत राजीनामा दिई सरकारबाट समर्थन समेत फिर्ता लिने बताएका छन् ।

मधेस सरकारमा रहेका माओवादी मन्त्रीले आइतबार मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा बुझाएका छन् । मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएको माओवादी मधेस संसदीय दलको भनाइ छ ।

साहलाई वन तथा वातावरण मन्त्री थिए भने भट्टराई उद्योग तथा पर्यटन मन्त्री थिए । तर साहले मन्त्रालयमा चित्त बुझाएका थिएनन् । उनले आफूलाई न्याय नगरेको बताइरहेका थिए ।