images
images

एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक बस्दै

काठमाडौं- सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक साेमबार बस्दैछ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ। साथै पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।