चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ५ अर्ब बढी नाफा आर्जन गरेका छन् । चालु आवको ९ महिनामा १४ जीवन बीमकले ५ अर्ब १३ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
गत आवको तेस्रो त्रेमाससम्म कम्पनीहरुको खुद नाफा ३ अर्ब ५४ करोड ७९ लाख रहेको थियो । गत आवको सोहि अवधिको तुलनामा कम्पनीहरुको नाफा ४४.८४ प्रतिशतले बढेको छ ।
जसमध्ये सबेभन्दा धेरै नाफा बढाउनेमा एशियन लाइफ रहेको छ । एशियन लाईफले चालु आवको तेस्रो त्रैमाससम्म २५४.९६ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको ९ महिनामा कम्पनीको खुद नाफा १९ करोड ४७ लाख रुपैयाँ थियो । यस्तो नाफा बढेर चालु आवको सोहि अवधिकमा ६९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा ९३.७५ प्रतिशतले, सानिमा रिलायन्स लाइफको खुद नाफा ९३.०३ र सिटिजन लाइफको खुद नाफा ८७.४१ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, आइएमई लाइफको ७५.७७, लाइफ ईन्स्योरेन्स कोरपोरेशनको ७५.३९, प्रभु महालक्ष्मीको ३८.७५ र सुर्यज्योति लाइफको ३३.७५ प्रतिशतले खुद नाफा वृद्धि भएको छ ।
कुन कम्पनीले कति नाफा आर्जन गरे ?