काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् ।
सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ ।
तत्काल सरकारलाई सन्तुलनमा ल्याउन यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो । पछि पुन सरकारको सन्तुलन मिलाउन पनि सकिने बताइएको छ ।