images

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने पाँच कम्पनी

काठमाडौं । आज सोमबार नेप्से परिसूचक २४ दशमलव ३९ अङ्कले वृद्धि एक हजार ९९८ दशमलव ८९ विन्दुमा कायम भएको छ ।

आज नारायणी विकास बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक आम्दानी गरेका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेका छन् । यी कम्पनीको शेयरमूल्य आज क्रमशः प्रतिकित्ता ४५ रुपैयाँ ५० पैसा, १९० रुपैयाँ र ७९ रुपैयाँ ९० पैसा बढेका छन् ।

यस्तै, श्रृजनशील लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको ९ दशमलव ९८ प्रतिशतले शेयरमूल्य बढेका छन् । यी कम्पनीको क्रमशः शेयरमूल्य १३७ रुपैयाँ २० पैसा र २७ रुपैयाँ ६० पैसाले वृद्धि भएको छ ।

यसैगरी आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सनराइज फर्स्ट म्युच्युअल फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड–२ र रिभर फल्स पावर लिमिटेडका शेयरधनीले आज सर्वाधिक गुमाएका छन् । यी कम्पनीका शेयरमूल्यमा क्रमशः ५.६५%, ३.३५%, २.९२%, २.६३% र २.५४% ले घटेका छन् ।