images
images

प्रधानमन्त्री प्रचण्ड र सभामुख बिच टेलिफोन संवाद

सभामुखले समयमा नै संवादबाट निकास खोजेर संसद्को अवरोध हटाउन सरकारकार तर्फबाट पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतले जानकारी दियो ।

सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद्मा आफूले प्रस्टीकरण दिने बताएका छन् । ‘म एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याएका छन् ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समय सीमा बुझिदिन आग्रह गरेका छन् ।