images

प्रधानमन्त्रीले कांग्रेसका दुई नेतालाई किन बोलाए बालुवाटार ?

काठमाडौं- संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई मंगलबार बिहानै बालुवाटार बोलाएका छन्।

कांग्रेस महामन्त्री गगनकुमार थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक छलफलमा रहेको गगन थापाको सचिवालयले जनाएको छ।

कांग्रेस संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दै छ। त्यसअघि नै प्रचण्डले कांग्रेसलाई छलफलको लागि बोलाएका हुन्।

आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दैछन्।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ। उसले यही माग राख्दै संसद बैठक अवरुद्ध तुल्याउँदै आएको छ।

संसद्को बजेट अधिवेशन प्रारम्भ भएको दिन पनि कांग्रेसले संसद् बैठक अवरुद्ध पारेको थ्यो।