images

सिरहामा बम पड्काएर लुटपाट, ६ जना घाइते

सिरहा । सिरहामा बम पडकाएर लुटपाट भएको छ । लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट  भएको हो ।

गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा घरमा लुटपाट भएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायव उपरीक्षक विष्णु सोकीले जानकारी दिए। लुटेराहरूले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते भएका छन् । घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको प्रहरी नायव उपरीक्षक सोकीले बताए ।

उनले लुटपाट भएको ठाउँमा सुतली बमको कणहरू देखिएको बताए। लुटेराहरूले गरगहना, पैसा गरी करिब ५ लाख बराबरको लुटपाट गरेको उनले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ।