एभरेष्ट बैंकको मेनेजर र ज्योति विकास बैंकको टर्चरले व्यवसायीले गरे आत्महत्या

बैंकले आफ्नो ऋण उठाउनको लागि ऋणीलाई कति सम्मको टचर दिन सक्छन भन्ने घटना सोम्बार बर्दिया मा घटेको छ ।

बर्दियाको राजापुर-१ का व्यवसायी खुशीराम चौधरीले भिडियो रेकर्ड गर्दै आत्महत्या गरेका छन् । बर्दियाकै राजापुर साँखाको एभरेस्ट बैंक र ज्योति विकास बैंकको ज्यादती का कारण आत्महत्या गरेको भिडियोमा बोलेका छन् । एभरेस्ट बैंक राजापुर साँखाका लोन म्यानेजर मनोज अर्याल र ज्योति विकास बैंकले तनाव दिँदा आफु बाध्य भएर, हार खाएर आत्महत्याको बाटो रोजेको भिडियोमा बताएका छन् ।

राजापुर नगरपालिका-१ का स्थायी बासिन्दा चौधरीले आत्महत्या गर्नु अधि अफ्नो श्रीमती को मोबाइलमा भिडियो पठाएर आत्महत्या गरेको पाएपछि बैंकको ज्यादती बाहिरीएको छ। यो भिडियोमा देखिएका व्यक्ति हुन बर्दिया जिल्ला स्थित राजापुर वडाँ नं – १ का खुसीराम चौधरी । जस्ले एभरेस्ट बैंक राजापुर बाट ४३ लाख लोन र ज्योति बिकास बैंकबह राजापुर बाट ३0 लाख लोन लिएका थिए । चैत्र ३ गते, एभरेस्ट बैंक राजापुरमा १ लाख २६ हजार व्याज तिरेका उनले बैंकबाट तनाब र टर्चर दिएको भिडियोमा खुलाएका छन। भिडियोको शुरुवातमा उनले आफ्नो आत्महत्याको प्रमुख कारण एभरेट विकास बैंक राजापुर का बैंक म्यानेजर मनोज अयाल र ज्योति विकास बैंक राजापूर ले तनाव र टचर दिएको बताएका छन् ।

भिडियोमा उनले भनेका छन् – “आज मेरो अत्महत्याको कारण एमरेट बैंक र ज्योति बिकास बैंक राजापुरका लोन म्यानेजर मनोज अर्यालको अत्याधिक अत्याचार शहन नसकेर म बाध्य भएर आत्महत्या गर्ने बाटो रोजेको छु । मलाई माफ गरिदिनु । मेरो न्यायको लागि मनोज अर्याल र ज्योति बिकास बैंकले मालाई दिएको मानशिक तलाब र ज्यादति प्रति मेरो आफन्तले मुद्दा दाएर गरिदिनु । यो बिषय सर्वोच्च अदालत सम्म पुगोस पुर्याउनु । म अन्तिम अनुरोध गर्दछु । मैले वाध्यता पुर्वक यो बाटो रोज्नु पर्यो मलाई माफ गरिदिनु । बिशेषगरी मेरो बुबा-आमा, रोणु, आयुस, आशीस, बिकल्प र सुप्रिम सबैजाना दुख गरेर इमान्दारीका साथ अघि बढ्नु । मेरो अन्तिम चाहना मेरी श्रीमति रेणु को खयाल गरीदिनु, सहयोग गरिदिनु। मेरो अनुरोध छ।”

हो, यो खुशीराम चौधरीले अफ्नो आत्महत्या अघि आफ्नो श्रीमती रेणु चैधरीको म्यासेन्जर मा पठाएको भिडियो हो । भिडियोमा भनेको छ बैंकको म्यानेजर को टर्चरका कारण आत्महत्या रोज्नु पर्यो र आफन्तले मुद्दा सर्वोच्च अदालत सम्म पुर्याइन सम्म भनिएको छ। भिडियो हेर्दा लाग्छ, बैंक को ज्यादति का कारण एक जाना व्यवसायीले ज्यान गुमाउनु परेको छ । मंगलबारनै मृतको दाहा संस्कार गरिएको छ।