काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी विभाजन गरिएको र उसलाई सरकारबाट जबरजस्ती निकालिएको टिप्पणी गरेका छन्।
गलबार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जसपालाई सत्तारुढ दलबाटै विभाजन गरिएको भन्दै असन्तुष्टि जनाए।
उनले राजनीतिक घटनाक्रम सोचेभन्दा फरक ढंगले अगाडि बढिरहेको केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गरे।
एमाले र माओवादीबाट तर्फ संकेत गर्दै अध्यक्ष नेपालले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका आरोप लगाए।
नेपालले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरु लागिरहेका भन्दै त्यसप्रति आफूहरु सचेत हुनुपर्ने बताए। उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाएर सरकारबाट निकालिएको उल्लेख गरे।
यादवले मन्त्री पदबाट राजीनामा नदिएको भए गलहत्याएर निकालिने स्थिति रहेको बताए।
नेपालले भने, ‘समाजवादी मोर्चाको एउटा महत्वपूर्ण घटक रहेको जनता समाजवादी पार्टी, नेपाल विभाजित गरियो । विभाजित गरिएको मात्रै होइन। सरकारबाट पनि निकालियो। तपाईहरुलाई आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने लाग्ला । होइन । निकालियो । मुन्ट्याउने काम मात्रै भएन । यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई गलहत्याएर निकालिन्थ्यो । हिजो काम छदाँको भाँडो । काम सकिएपछि ठाँडो भनेजस्तै हामी उपेन्द्र यादवको अवस्था देखिरहेका छौँ ।’
नेपालले अहिलको सत्ता गठबन्धनमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।