पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण शीघ्र सम्पन्न गरिने

काठमाडौँ : सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण शीघ्र सम्पन्न गरिने जनाएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो। सरकारले जयनगर-बर्दिवास रेलमार्गको विजयपुरा-बर्दिबास खण्ड तथा बथनाहा-विराटनगर रेलमार्गको निर्माणलाई तीव्रता दिने पनि घोषणा गरेको छ।

रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निर्क्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।