काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मेलम्ची खानेपानी बाह्रै महिना ल्याउने व्यवस्था गर्ने बताएका छन्।
आज(मङ्गलवार) सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
उनले चक्रपथ बाहिर पनि मेलम्ची खानेपानी वितरणको व्यवस्था गर्ने बताए।
‘सबै ठाउँमा खानेपानीको सुविधा उपलब्ध गराइने छ,पानीको गुणस्तर परीक्षण गरिने छ,’उनले भने। उनले एक घर एक धाराको प्रवर्द्धन पनि गरिने बताए।