सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ। महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिने सरकारको कार्यक्रम छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस्तै, राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने उनको भनाइ छ। दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्धार गर्न प्रदेश कार्यालयलाई जिम्मेवार बनाउने सरकारले नीति लिएको छ।