सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ – पाटन उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ।

न्यायाधीशद्वय अञ्जु उप्रेती र सुदर्शनदेव भट्टको इजलासले सन्दीपको मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो। उक्त मुद्दामा बुधबार पुनः सुनुवाइ हुनेछ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।