images
images

सीमाबारे कहीँ पनि विकल्प नदिएको:७ वटा दस्तावेजमा हस्ताक्षर आदान: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ  भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् ।

प्रचण्डले भने, ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’

आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए ।  उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रुपमा भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।

७ वटा दस्तावेजमा हस्ताक्षर आदान

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा सुनौली एकीकृत जाँच चौकीको शिल्यान्यास भएको, एकीकृत जाँच चौकी, क्वारेन्टाइन सेवा विस्तार भएबाट ब्यापार विस्तार, अनाधिकृत व्यापार रोक्न सहज हुने तथा गुणस्तरीय वस्तुको आयोत विस्तार हुने विश्वास व्यक्त गरे ।

यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको निर्माणकार्यको शिल्यान्यास गरिएको र त्यसलाई चितवनको लोथरसम्म विस्तार गर्ने सहमति भएको बताए  ।  प्रधानमन्त्री प्रचण्डले बुटवल गोरखपुर ४०० केभी अन्तरदेशीय प्रशारण लाइनको पनि शिल्यान्यास भएको उनले बताए ।