images

प्रचण्ड, ओली र रविबीच भेटर्वाता, के भयो कुराकानी?

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दुई ठूला दलका प्रमुखसँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट हुँदै आएको सदन अवरोध र समसामयिक राजनीतिबारे प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल भएको हो।

भेटमा लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहो¥याएका छन्। प्रचण्ड र एमाले ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताएका हुन्।

लामिछाने मुछिएको भन्दै सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म प्रतिपक्षी कांग्रेसले संसद् अवरोध जारी राख्ने चेतावनी दिँदै आएको छ। कांग्रेसले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त सदनमा सकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको थियो भने राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव टेवुल गर्न भने दिएन।