images
images

प्रधानमन्त्रीको भारतबाट साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो: प्रोटोकल मिलेन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे ।

त्यस्तै  प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको बताए । साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’

प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्री दाहालको भ्रमणमा प्रोटोकल पनि नमिलेको भन्दै ओलीले आलोचना गरेका थिए ।

प्रधानमन्त्री दाहालले भारतीय अधिकारीहरूसँगको भेटका क्रममा परराष्ट्रमन्त्रीलगायतका मन्त्रीहरूलाई सँगै नराखी प्रमुख स्वकीय सचिव छोरीलाई राखेको भन्दै ओलीले आलोचना गरेका हुन् ।

‘उहाँले परिवारको सदस्य राख्नुभयो । परराष्ट्रमन्त्री कहाँ छन्, अर्थमन्त्री कहाँ छन्? अरु मन्त्रीहरू कहाँ छन् ? फर्स्ट लेडी भनेको स्पउस श्रीमान र श्रीमति० नै हो । परिवारका अन्य सदस्य हैनन् । प्रधानमन्त्रीले मर्यादा राख्नुभएन । प्रोटोकल मिलेन,’ एमाले अध्यक्ष ओलीले भने ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बंगलादेश पुग्ने बाटोसँग साट्नुपर्ने भनेको भन्दै ओलीले आलोचना गरेका छन् ।