images
images

प्रधानमन्त्री प्रचण्ड खप्तड किन गए?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड केहिबेर अघि खप्तड प्रस्थान गरेको प्रधानमन्त्रीको प्रचण्डका सचिवालय स्रोतले  बताए ।

प्रधानमन्त्री प्रचण्ड अपरान्ह तीन बजे काठमाडौं फर्किने कार्यतालिका छ। प्रधानमन्त्री ३ बजे फर्किने भएकोले राष्ट्रिय सभामा सम्बोधन गर्न नभ्याउने भएका हुन्।

सम्मेलनमा प्रसिद्ध योगगुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका शिद्धबाबा कृष्णदासलगायतको उपस्थिति रहने छ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको छ। सो सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ।