images

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला रु एक लाख ४० हजार

काठमाडौं, ३ जेठः स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ ।

साथै चाँदीको भाउ आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको छ ।