images
images
images

गिरीबन्धु टि-स्टेटको जग्गा ओलीले बेचेका हुन् : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि-स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति? भन्दै प्रश्न गरे। उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए।

उनले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए। बुधबार एमाले अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका थिए।

पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने मागसमेत गरेका थिए।

उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताएका थिए। ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए।

कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो।

उनले भनेका थिए, ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानविन हुनुपर्छ। अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली कांग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं। हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छ? पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, कांग्रेस कराईरहने ? यो चल्दैन । अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ।’

अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएका थिए।