काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि–स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन् ।
आज बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको पालामा सो जग्गा बिक्री भएको र अहिले त्यसको दोष नेपाली कांग्रेसलाई लगाइरहेको बताएका हुन् ।
अदालतले फैसला गरेपछि गिरिबन्धु टि–स्टेटको निर्णय काँग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै ओलीप्रति प्रश्न गरेका छन् । उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने पनि बताएका छन् ।
अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टि–स्टेटको निर्णय काँग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि,’ सभापति देउवाले भने, ‘यस्तो कुरा उहाँ जस्तो नेता (केपी ओली)ले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ?’