images
images

दुर्घटनामा ज्यान गुमाएकी सञ्जुलाई प्रधानमन्त्री प्रचण्डले दिए श्रद्धाञ्जली (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटनामा ज्यान गुमाएकी डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली दिएका छन्।

म‌ंगलबार सुर्खेत पुगेर प्रधानमन्त्री दाहालले दुर्घटनामा मृत्यु भएकी खड्काप्रति श्रद्धाञ्जली दिएका हुन्।

बाँकेमा गत जेठ १६ गते कार दुर्घटना हुँदा खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो। डा. सञ्जु उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काका भाइ-बुहारी हुन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतले पनि घरमा पुगेर डा. खड्कालाई श्रद्धाञ्जली र परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन्।

तस्बिरहरू: