जनकपुरधाम : भंगहा-जनकपुर जयनगर रेल शुक्रबारदेखि तीन दिन बन्द हुने भएको छ।
भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रवारदेखि सोमवारसम्म भंगहा-जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक सञ्चालक निरञ्जन झाले बताए।
भारतको मधुवनी जिल्ला, सीतामढी जिल्लामा संसदीय क्षेत्रमा मे २० तारिख सोमबार लोकसभाको चुनाव हुँदै छ।
इन्डो-नेपाल अन्ताराष्ट्रिय सीम बन्द गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयानुसार रेलसेवा तीन दिन बन्द रहनेछ’, प्रबन्धक झाले जारी गरेको सूचनामा भनिएको छ।
महाप्रबन्धक झाले ८ गते मंगलबारदेखि उक्त खण्डमा साविक बमोजिम रेलसेवा नियमित सञ्चालन हुने बताए।