नबिल बैंकको सीईओमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् ।

हिजो बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानालाई आगामी असार १७ गतेदेखि लागू हुनेगरी थप दुई वर्षका लागि सीईओ नियुक्त गरेको हो ।