images

गृहमन्त्री रवि लामिछानेकाे ‘भण्डाफोर’ गर्न कांग्रेसले बोलायो पत्रकार सम्मेलन

काठमाडौं– नेपाली कांग्रेसले पत्रकार सम्मेलन बोलाएको छ । कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकपछि महामन्त्री थापाले प्रतिनिधिसभा बैठकबारे पत्रकार सम्मेलन गर्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान र गिरिबन्धु चिया बगानबारे प्रस्ट पार्ने बुझिएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।

गिरिबन्धु चिया बगानबारे कांग्रेसले प्रश्न उठाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार ल्होत्से हलबाटै प्रतिवाद गरेका थिए ।