काठमाडौँ – सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको विरोधको बाबजुद गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि मुठभेडको अवस्था पैदा भएको छ।
कांग्रेस, राप्रपा, लोसपासहितका दलले विरोध गरिरहेको अवस्थामा सभामुख देवराज घिमिरे लामिछानेलाई बोल्न दिएपछि प्रतिनिधिसभाको बैठकमा धकेलाधकेल भएको हो।
बेल घेराउमा रहेका कांग्रेस सांसदहरुले लामिछानेलाई रोक्ने खोज्दा सत्ता पक्षका सांसदहरु पनि बेलमा पुगेर धकेलाधकेल गरेका हुन्। लामिछानेलाई बोल्ने रोष्ट्रममा पुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओली पनि बेलमा पुगे।
त्यसक्रममा कांग्रेसका धनराज गुरुङसहितका सांसदसँग ओलीको भनाभन भएको छ।
लामिछानेलाई बोल्न समय दिए पनि मुठभेडको अवस्था बनेपछि सभामुख घिमिरेले सदन शुक्रबार बिहानसम्मका लागि स्थगित गरेका छन्।