वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा खनाल निर्वाचित

काठमाडौं:- नेपाली काङ्ग्रेस पार्टीसङ्ग आवद्ध बैदेशिक रोजगार ब्यावसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन । शनिबार भएको साधारण सभापछिको निर्वाचनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । आइतबार बिहान सम्पन्न मतगणनामा थापा १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी चिरञ्जिवी बस्यालले ८२ मत ल्याए भने तारानाथ अर्यालले ६९ मत प्राप्त गरेका थिए । अध्यक्षमा तीन जनाको उम्मेदवारी रहेको थियो ।
प्रथम उपाध्यक्षमा विनोदजंग केसी निर्वाचित भएका छन् । केसी १३६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भवानी प्रसाद निरौलाले ९२ मत ल्याए भने जंगबहादुर इजमले ७५ मत प्राप्त गरे । दितीय उपाध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन । गैरेले १५९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी हर्कबहादुर लिम्बूले १३५ मत प्राप्त गरे । त्यस्तै तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने निर्वाचित भएका छन । न्यौपानेले १८८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शैलेश कार्कीले १०६ मत प्राप्त गरेका थिए ।
महासचिवमा महेश कुमार बस्नेत निर्वाचित भएका छन । बस्नेतले १६५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कुवेर सिंह कोइराला (पंकज)ले ७४ मत ल्याए भने मोहन कुमार ढुंगेलले ६६ मत प्राप्त गरेका थिए ।
यस्तै सचिवमा तुलसीराम पुरी निर्वाचित भएका छन । पुरीले १७२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विश्वास तिमिल्सिनाले ११६ मत प्राप्त गरेका थिए । सहसचिवमा राज काजी भोलान (राज लामा) निर्वाचित भएका छन । भोलानले १६३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी निलम केसीले १३० मत प्राप्त गरेकि थिईन ।
यस्तै कोषध्यक्षमा हिमा गुरुङ निर्वाचित भएकी छिन । गुरुङले १८३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी गोमा गिरी क्षेत्री (अञ्जु)ले १०४ मत प्राप्त गरेकि थिईन । सहकोषाध्यक्षमा लिल बहादुर तामाङ निर्वाचित भएका छन । तामाङले १६१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी यमबहादुर क्षेत्री केसीले १२९ मत प्राप्त गरेका थिए ।




यस्तै सदस्यहरुमा देवीप्रसाद गिरी (२२६), शालिकराम अधिकारी (२०७), दिपक कुमार राय (२१०), सौरभ आचार्य (१९२), विद्यालक्ष्मी बज्राचार्य (२४०), अभिनयमान सिंह बस्नेत (१९५), राजेश्वर यादव (१९९), सविता कुमारी सिंह (२५३), रोशना निरौला (१९५) र महेश कुमार श्रेष्ठ (२११) निर्वाचित भए ।
निर्वाचित भएपछी अध्यक्ष थापाले सबै ब्यावसायी र सरोकारवाला संघ,संस्थाहरुसङ्ग सहकार्य गर्दै अगाडी बढ्ने बताए । यस्तै महासचिव महेश बस्नेतले आफुलाइ बिश्वास गरेर अत्याधिक मत दिएर बिजयी गराउने सबैलाई धन्यवाद ब्यक्त गर्दै आफुले उक्त बिश्वासलाई आत्मासाथ गरेर काम गर्ने बताए ।