images

राष्ट्रियसभाको बैठक पनि सर्‍यो

काठमाडौँ : राष्ट्रियसभा बैठक पनि सरेको छ। दिउँसो १ः१५ का लागि बोलाइएको राष्ट्रियसभा बैठक ३ः १५ का लागि सारिएको हो।

यसअघि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। दुवै बैठक सूचना टाँसेर सारिएको हो।

सहकारी ठगी प्रकरण छानबिनका लागि सहमत भएका दलहरूबीच संसदीय छानबिन समितिको क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा दुवै सदनका बैठक धकेलिएको हो।

सिंहदरबारमा जारी कार्यदलकाे बैठकले क्षेत्राधिकारकारमा सहमति जुटाउने प्रयास गरिरहेको छ।