काठमाडौं । काठमाडौं महानगरपालिकाले चावहिलदेखी गाैसलासम्म सडक अतिक्रमणगरी बनाइएका घरहरूमा डाेजर चलाएकाे छ । चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएको हो ।
महानगर प्रहरीले डोजर लगाएर घरहरू भत्काइरहेको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले बताए । घर भत्काउन थालिएको र कति भत्काइन्छ भन्ने विवरण सङ्कलनपछि भन्न सकिने उनको भनाइ छ ।
अहिले वडा नम्बर ७ स्थित चाबहिल चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन थालिएको हाे । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमनमा बाधा पुगेको छ ।