images
images

वैदेशिक रोजगार विभागमा डिएसपीको कमान्डमा सुरक्षाकर्मी खटाउने तयारी

काठमाडौँ । वैदेशिक रोजगार विभागको सुरक्षार्थ डिएसपीको कमान्डमा सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ । त्यसका लागि आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागले जनाएको छ ।

विभागकाका अनुसार विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको थियो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो । गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय गरेको छैन । लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको छ ।