इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना : दुर्घटनास्थलमा जीवनको संकेत छैन

काठमाडौँ- इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा कोही पनि जीवित रहेको संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन्।

खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन।’

राहत तथा उद्धार टोली केही समय भित्रै दुर्घटनास्थलमा पुग्ने इरानी समाचार एजेन्सीहरुले जनाएका छन्।