images

प्रधानमन्त्री प्रचण्डले चौथोपटक पनि पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले काँग्रेससहितका विपक्ष दलहरुको अवरोधका बीच चौथो पटक विश्वासको मत पाएका हुन् ।

आज प्रतिनिधि सभा बैठकमा उपस्थित १५८ जना सांसदहरुमध्ये १५७ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरे ।

विपक्षहरुले मत नहालेकालेले सो प्रस्तावको विपक्षमा शून्य मत परेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।