images

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काँग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ। सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा काँग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए। उनले काँग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि काँग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए।

‘हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर एउटा राजनीतिक दलमा स्थापित गर्न का|ग्रेसको सहयोग र भूमिका छैन?‚’ उनले भने‚ ‘यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने। भोलिका दिनमा मूल्य चुकाउनुपर्ला? के चुकाउनुपर्छ? तपाईंहरु गैरजिम्मेवार भएर निरंकुशतातिर जाने। कांग्रेसविरुद्ध गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउन र बोल्न बन्द गर्नुस्। धेरै धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी होइन।’उनले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सघाएको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा माओवादी केन्द्रलाई पनि उत्तिकै सहयोग गरेको बताए।

 

उनले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको कांग्रेसको ठहर रहेको बताए।