images
images
images

कांग्रेसलाई रञ्जिताको प्रश्न- प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो?

काठमाडौँ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो भन्दै प्रश्न गरेकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वभाविक भएको बताइन्।

संसदभित्र प्रक्रिया मिलेर नै आफूहरुले विश्वासको मत दिएको बताउँदै उनले प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ नभएको टिप्पणी गरिरहेको सन्दर्भमा नेपाली कांग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनि प्रश्न गरिन्।

‘सम्मानित सदनभित्र प्रक्रिया मिलेर नै विश्वासको मत दिइएको छ। विपक्षी दलले अर्थ छैन भनेर भनिरहँदाखेरी र रोष्टममा बसेर प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदाखेरी उहाँहरू वेल घेरेर नाराबाजी गरिरहने कुरा अर्थपूर्ण हो कि होइन?’, उनले भनिन्।