काठमाडौं- कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत, धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हाे । जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सिराेहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालय, धनुषामा नागरिकता सम्बन्धी कसुरमा निवेदन परेको थियाे ।