काठमाडौँ : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कान्तिपुरको कार्यालयमै भेटेका छन्। केही अघि पक्राउका लागि परिचालित भएको प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका छन्। अहिले सिरोहियालाई हस्ताक्षर गराउने कार्य भइरहेको छ।
प्रहरीले पक्राउ पुर्जी थमाउँदै गरेको दृष्य मिडियाहरुमा लाइभ देखिएको छ। सो क्रममा पुगेका वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि कानुन व्यवसायीसँगै जाने कुरा कागजमा उल्लेख गर्न भन्दै प्रहरीलाई अनुरोध गरिरहेको दृष्य देखिएको छ।
सिरोहिया भने कुर्सीमा बसिरहेका देखिएका छन्। त्यस विषयमा विवाद चलिरहेको देखिएको छ। नेपाल प्रहरीले सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरेको छ। पक्राउ पछि उनलाई आजै धनुषा पठाइने छ।
उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो। अनुमति पाएको केही घण्टामै उनलाई पक्राउ गर्न टोली परिचालित भएको हो।