काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेविरुद्ध वारेन्ट जारी हुने बताएका छन् ।
दोहोरो नागरिकता प्रकरणमा प्रहरीले पक्राउ गरेपछि सिरोहियाले यस्तो बताएका हुन् ।
‘कसैले उजुरी दिएको आधारमा विना सोधपुछ पक्राउ गरिन्छ भने गृहमन्त्रीमाथि दुई वटा पासपोर्टको मुद्दा छ, मलाई आश छ भोली उहाँको नाममा वारेन्ट जारी हुनेछ ’ सिरोहियाले भने ।
उनले प्रतिशोध साँधेर आफूलाई पक्राउ गरिएको बताए ।
दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीको आधारमा सिरोहियालाई पक्राउ गरिएको हो ।
विसं २०८१ वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा अनुसार सिरोहिया गैरनेपाली नागरिक रहेको दाबी गरिएको छ ।