images

प्रहरीले देखायो दोहोरो नागरिकता प्रकरणमा कैलाश सिरोहियालाई पक्राउ गर्नुको ६ आधार र कारण

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेपछि जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

तर, गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध समाचार लेखेको आरोपमा प्रतिशोध साँधेर पक्राउ गरेको सिरोहियासहित उनको समर्थकको आरोप छ। उनलाई प्रतिपक्ष दल नेपाली कांग्रेस बचाउमा उत्रिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापासहित विपक्ष दलका नेताहरु गृहमन्त्रीविरुद्ध खनिएका छन्।

नागरिकताको विवाद सिरोहियाको व्यक्तिगत विषय हो । तर उनले यसलाई कान्तिपुर दैनिक मात्र नभएर समग्र सञ्चार जगतसँग जोड्न खोजेका छन् । सञ्चार क्षेत्रका केही हस्तीले प्रेस स्वतन्त्रताको दुहाई पनि दिइरहेका छन् ।

पत्रकार महासंघको उच्च नेतृत्व आज कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु प्रश्नयोग्य छ । तर, जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गर्नुको ६ कारण र आधार दिएको छ।

अनुसन्धान अधिकृत नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर निजले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको देखिएको उल्लेख गरेका छन् ।