images
images
images

भ्रष्टाचार मुद्‍दामा दोषी ठहर हुने विकल पौडेल लाइ २ वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौँ- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको छ। अदालतले उनलाई बिगो बराबरको रकम जरिवाना हुने फैसला समेत गरेको छ।

गत वर्ष वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल लगायत विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो।